English || नेपाली

Government of Nepal

नेपाल सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशु सेवा विभाग

पशु स्वास्थ्य निर्देशनालय

रेबिज भ्याक्सिन उत्पादन प्रयोगशाला

flag
Recent News :
रेबिज भ्याक्सिन उत्पादन प्रयोगशाला
प्रकार


Visitor Counter

Website counter

नेपालमा रेविज भ्याक्सिन उत्पादनको ऐतिहासिक पृष्ठभुमि

नेपालमा पशुपंक्षीका लागि खोप लगाउने प्रचलन सन् १९३८ (वि.सं.१९९५) मा त्रिपुरेश्वरमा भेटेरीनरी डिसपेन्सरीको स्थापना भएपछि मात्र शुरु भएको पाईन्छ । त्यसपछि २०१७ सालमा त्रिपुरेश्वरमा “पशु चिकित्सा अनुसन्धानशाला” को स्थापना भएपछि गौगोटी रोगको लागि “गोट टिस्यू भ्याक्सिन” (जि.टि.भि.) को उत्पादन शुरु भयो र त्यसपछि क्रमशः पशुपंक्षीका अन्य भ्याक्सिनहरुको उत्पादन शुरु हुदै गयो । वि.सं. २०२७ सालमा सोही अनुसन्धानशालाबाट प्रथम पटक भेडाको गिदीबाट बनाईने रेविज भ्याक्सिन (२०% र ५% फेनोलाईज्ड सिप ब्रेन) को उत्पादन शुरु भयो । त्यसपछि २०३८ सालमा रेविज भ्याक्सिन उत्पादन गर्नको लागि एउटा छुट्टै नयां प्रयोगशालाको निर्माण भयो र सो प्रयोगशालामा २०४० सालमा मानिसमा कुकुरले टोकेपछि दिईने रेविज भ्याक्सिन (५% विपिएल इनेक्टिभेटेड सिप ब्रेन) को उत्पादन शुरु भयो र सो खोपलाई वि.सं. २०४३ सालमा विश्व स्वास्थ्य संगठन (WHO) बाट मान्यता प्राप्त भएपछि सोही साल देखि मानिसमा प्रयोग शुरु भयो । 
यस अनुसन्धानशालाको विस्तृत कार्यक्षेत्र, महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी र भुमिकालाई दृष्टिगत गरी यसलाई एउटा केन्द्रीयस्तर स्वतन्त्र इकाईको रुपमा संचालन र विकास गर्ने गरी तत्कालिन सरकारको निर्णय अनुसार २०२८ सालमा औषधी उत्पादन आयोजना शाखाको रुपमा स्थापना गरियो । पछि २०४८ सालमा यस औषधी उत्पादन आयोजना शाखाबाट छुट्टिएर रेविज रोग नियन्त्रण आयोजना को नामले स्वतन्त्र निकायको रुपमा स्थापना भयो । त्यसको केहि वर्ष पछि २०५२ सालमा सो प्रयोगशालाको नाम परिवर्तन भई रेविज रोग नियन्त्रण तथा जनस्वास्थ्य संरक्षण शाखा रहन गयो । फेरी २०६१ सालमा सो प्रयोगशालाको नाम परिवर्तन भई रेविज भ्याक्सिन उत्पादन प्रयोगशाला हुन गयो ।
पछि विश्व स्वास्थ्य संगठनले भेडाको गिदीबाट बनाईने रेविज खोपबाट स्नायू तन्तुको कारण पक्षाघात हुन सक्ने संभावनालाई मध्यनजर गरी त्यस्तो खोप बनाउन र प्रयोग गर्न नहुने ठहर गरे पछि गिदीबाट तयार गरिने रेविज भ्याक्सिनको उत्पादन गर्न बन्द गरियो (डिसेम्वर ३०, २००६) । यसको केहि अघि (२००२ ई.सं.) देखि रेविज भ्याक्सिन उत्पादन प्रयोगशालामा टिस्यूकल्चर प्रविधीको प्रयोग गरी पशूको प्रयोजनको लागि रेविज भ्याक्सिनको परिक्षण उत्पादन गर्ने कार्य भैरहेको थियो । भेडाको गिदीबाट बनाईने खोपको उत्पादन बन्द भए लगत्तै यस प्रयोगशालामा उक्त टिस्यूकल्चर प्रविधीबाट रेविज खोपको उत्पादन गर्ने कार्य शूरु भयो (जनवरी २७, २००६) । हाल यस प्रयोगशालाले वर्षेनी करिव चालिस हजार डोज टिस्युकल्चर एन्टि रेविज खोप उत्पादन गर्ने गरेको छ । यसरी यस रेविज भ्याक्सिन उत्पादन प्रयोगशालाले टिस्युकल्चर प्रविधीबाट रेविज खोप उत्पादन गरी भेडाको गिदीबाट बनाईने खोपलाई विस्थापित गर्न सफल भएको छ । यो नयां टिस्युकल्चर प्रविधीको भ्याक्सिन विश्व पशु स्वास्थ्य संगठन को मापदण्ड अनुरुप भएको प्रमाणित समेत भएको छ । यो भ्याक्सिन उत्पादन गर्नमा जापान सहयोग संस्था जाईकाको प्राविधिक सहयोग रहेको थियो । त्यसैकारण यो भ्याक्सिनको नाम पनि नेपाल तथा जापान दुवैको नामको पहिलो अक्षर लाई लिएर “नेजा र्‍याब” राखिएको छ ।
 




Copyright 2024 @ रेबीज टीका उत्पादन प्रयोगशाला
Powered By: Himalayan IT